दफा ४३
भुक्तानीको लागि प्रस्तुतीकरण
प्रतिज्ञापत्र, विनिमेयपत्र र चेक भुक्तानीको लागि क्रमशः लेखिदिने, स्वीकार  गर्ने र ड्रयी समक्ष धारकले वा निजले अह्राएकोले कारोबार गर्ने समयभित्र प्रस्तुत गर्नुपर्नेछ । यसरी प्रस्तुत नगरेमा सो अधिकारपत्रमा उल्लेख भएका अरू पक्षहरू त्यस्ता धारकप्रति उत्तरदायी हुने छैनन् ।